१२ कार्तिक २०८३, बिहिबार

गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रिय जनमोर्चालाई ‘मोहन विक्रम कान्छी’ भने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । नेकपा एमालेका प्रभावशाली नेता गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रिय जनमोर्चालाई ‘मोहन विक्रम कान्छी’ भनेका छन् । उनले ट्वीटमार्फत् सत्ता गठबन्धनको स्थानीय निकायमा सिट बाँडफाँडको अंकगणितको अनुमान उल्लेख गर्दै जनमोर्चालाई मोहनविक्रमकी कान्छी भनेका हुन् । उनले नेकपा एकीकृत समाजवादी पार्टीलाई माकुने भनेका छन् ।

गोकुल बाँस्कोटाले ट्वीटमार्फत् लेखेका छन्ः गठवन्धन गणित कांग्रेस ४००ंमाके २८८ माकुने १६२ं जसपा १५०ंमोहनबिक्रमकी कान्छी ४७ – ७५३ = सम्पुर्ण सत्ता कब्जा

बाँस्कोटाले ७५३ स्थानीय निकायको कूल सिटमध्ये काँग्रेसले ४००, माओवादी केन्द्रले २८८, नेकपा एकीकृत समाजवादी पार्टीले १६२, जनता समाजवादी पार्टीले १५० र राजमोले ४७ सिट पाउने अनुमान समेत उल्लेख गर्दै व्यङ्ग्य गरेका छन् ।