आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आज आईपीएलमा मुम्बई र लखनउ तथा दिल्ली र बैंगलोर भिड्ने

दैनिक नेपाल २०७९ वैशाख ३ गते १२:४७

काठमाडौँ, ३ वैशाख । इण्डियन प्रिमियर लिग (आईपिएल)मा आज दुई खेल हुँदैछन् ।

भारतको मुम्बईस्थित ब्रेबोर्न रंगशालामा हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्स आमने सामने हुने भएका छन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

आजको खेलमा तालिकाको पुछारमा भएको अंकविहीन मुम्बई पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ । ५ खेलमा ३ खेल जितेको लखनउ भने आज चौथो जितको खोजीमा हुनेछ ।

आजको दोस्रो खेलमा राति पौनै ८ बजे मुम्बईको वानखेडे स्टेडियममा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्नेछन् । तालिकाको आठौँ स्थानमा रहेको दिल्ली आज जितेर आफ्नो स्थान सुधार गर्ने योजनामा छ भने छैटौँ स्थानमा रहेको बैंगलोर चौथो जितको खोजीमा छ।

प्रतिक्रिया
सम्बन्धित