मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

विश्वयुद्धका कारण पढाइ छाडेकी ९० वर्षीया वृद्धा फर्किइन् स्कुल

दैनिक नेपाल २०७९ वैशाख १ गते ११:३५

पढ्नका लागि उमेरको कुनै हद हुँदैन । इटालीकी एक ९० वर्षीया वृद्धाले यसलाई प्रमाणित गरेकी छन् । ​अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् ।

अहिले उनले एउटा महत्त्वपूर्ण कदम चालेकी छन् । स्कुल डिप्लोमा पूरा गर्न उनी कक्षाकोठामा फर्किएकी छन् । ​मुर्गिया डोलियानोभा सार्डिनियामा रहेको आफ्नो घर नजिकको केन्द्रमा लाइसेन्जा मिडियाका लागि पाठ अध्ययन गर्दैछिन् ।

उनी कक्षामा सबैभन्दा जेठी छात्रा हुन् । उनले मिडिल स्कूल डिप्लोमा लिएकी छन्, जुन सामान्यतया १४ वर्षको उमेरमा किशोरकिशोरीले पूरा गर्छन् ।

‘मलाई पढाइ मनपर्छ । मलाई यो सधैं मनपर्छ । तर जब युद्ध सुरु भयो, मेरो लागि सबै परिवर्तन भयो । कुनै बेला पैसा भएकाहरूले मात्र अध्ययन गर्न सक्थे’, मुर्गियाले भनिन् ।

‘मलाई इतिहासका पुस्तकहरू सधैं मनपर्छ, किनभने मैले पुस्तकहरूमा लेखिएको इतिहासको राम्रो अंश अनुभव गरें । मैले पहिलो विश्वयुद्धको परिणाम देखेकी छु र दोस्रो विश्वयुद्धमा बाँचेको छु’, मुर्गियाले थपिन् । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित