१ कार्तिक २०८३, आइतबार

गठबन्धनमा भागवण्डा मिलाउन सकस, कहाँ के हुँदैछ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

पाँच दली सत्तारुढ गठबन्धनमा दलहरुबीच भागवण्डा मिलाउन सकस परेको छ ।

यसै क्रममा नेकपा माओवादी केन्द्रले राजधानी काठमाडौँका दुई महानगरमा मेयर दाबी नगरे पनि उपमेयर भने नछाड्ने अडान लिएको छ ।

काठमाडौँ र ललितपुर महानगरमा आफूहरुले उपमेयर दावी गर्ने माओवादी नेताहरुको भनाइ छ । उता चितवनको भरतपुरमा माओवादीले मेयर दावी गर्ने भए पनि कांग्रेसका स्थानीय नेताहरुले कुनै पनि हालतमा गठबन्धन स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।

त्यस्तै, पर्सा कांग्रेसले पनि गठबन्धन नमान्ने घोषणा गरिसकेको छ । यसरी हेर्दा देशभर गठबन्धनलाई भागवण्डा मिलाउन फलामको चिउरा चपाउनु सरह हुने देखिएको छ ।

गठबन्धनले आफ्ना एजेण्डा भन्दा बढी विपक्षी नेकपा एमालेलाई हराउने शर्तले अघि बढिरहेका छन् । एमाले निकै बलियो रहेको निष्कर्षसहित सत्ता गठबन्धनले चुनावी तालमेल गरेका हुन् ।

तर कांग्रेसकै शेखर कोइराला पक्षले गठबन्धन गर्न नहुने बताउँदै आएको थियो । त्यस्तै, सिद्धान्त मिलेर भन्दा पनि स्वार्थ मिलेर गरिएको गठबन्धनलाई जनताले कुन आँखाले हेर्ने भन्ने अर्को महत्वपूर्ण पक्ष देखिएको छ ।

यसका बाबजुद सहज तवरले भागवण्डा मिल्न नसक्नुले गठबन्धनभित्रको विवाद छताछुल्ल हुने अवस्था सिर्जना हुनुले गठबन्धनलाई निर्वाचन झनै सकसपूर्ण हुने देखिएको छ । त्यति मात्रै होइन पार्टी भित्रैबाट हुनसक्ने अन्तरघातले गठबन्धन आफैँमा भारी पर्न सक्ने अनुमान लगाउन थालिएको छ ।