
नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले गठबन्धनलाई लगनगाँठोको संज्ञा दिएका छन् ।
उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रति कटाक्ष प्रस्तुत गरेका हुन् ।
कुनै राजनीतिक सिद्धान्त र जनताको हितको निम्ति नभएर केवल स्वार्थ र सत्ता लिप्सा अनि एमाले शक्तिमा आउने भयले मात्रै गठबन्धन भएको आशय भट्टराईले प्रस्तुत गरेका छन् ।
यस्तो छ फेसबक व्यक्त भट्टराईको धारणाः
कस्तो हो देउवा–प्रचण्ड–माधवको लगनगाँठो ?
–प्रचण्ड एम सी सीको कट्टर विरोधी थिए, देउबाले भनेपछि खुरूक्क मानिदिए ।
–माधव संशोधन नगरी एम सी सी पारित गर्नै हुन्न भन्थे, देउबाको सत्ता–ओछ्यानमा सुतेपछि मुसुक्क हाँसेर मानिदिए ।
–देउबालाई बन्दुकमात्र चलाउन जान्ने अर्थमन्त्री जनार्दन शर्मा पटक्कै मन परेको छैन, प्रचण्डले कुम हल्लाएर ’मने’ भनेपछि चुपचाप बनिरहेछन् ।
–स्थानीय निर्वाचनमा भाँडो रित्तिएका माओवादी र भुईं नै नटेकेको माधव समूहलाई देशव्यापी भागबण्डा गर्न अर्ग्यानिक काङ्ग्रेस तयार छैनन्, तर प्रचण्ड र माधवले ’पारपाचुकेको धम्की दिएपछि तैं चुप मैं चुप ! माधवले दाह्रा किटेर ’नत्र…..एमालेले खान्छ’ भनेपछि त सबै थुरूरू ! हैट !













प्रतिक्रिया