शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सूटबूटमा सजिएर पानीपुरी बेच्दै यी २२ वर्षे युवक (भिडियो)

दैनिक नेपाल २०७८ चैत २९ गते १६:२६

पानीपुरी बेच्नेको पहिरन र चालढाललाई लिएर आलोचना समेत सुनिन्छ तर भारतबाट एउटा भिडियो बाहिरिएको छ, जसमा २२ वर्षे युवक सूटबूटमा सजिएर पानीपुरी बेचिरहेका देखिन्छन् ।

होटल म्यानेजमेन्ट पढिसकेका पञ्जाबको मोहालीका युवकले पानीपुरी बेचेर आम्दानी गरिरहेका छन् । उनको पोशाक कर्पोरेट कम्पनीका कर्मचारीभन्दा कम छैन ।

सेतो सर्ट, कोट–पाइन्ट लगाएका ती युवकले पानीपुरी बेच्ने गर्छन् । उनको पसलमा ४–५ जना अरु पनि काम गर्छन् ।

सूटबूटमा सजिनुको रहस्यबारे बताउँदै ती युवकले भने, ‘यो होटल म्यानेजमेन्ट पढेको संकेत हो । मसँग डिग्री छ ।’ –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित