शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सरकार जनताप्रति जिम्मेवार छैन, गैरजिम्मेवार छ : अध्यक्ष ओली

दैनिक नेपाल २०७८ चैत २९ गते १५:४४

काठमाडौँ, २९ चैत। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार जनताप्रति गैरजिम्मेवार रहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘यो सरकार जनताप्रति जिम्मेवार छैन, गैरजिम्मेवार छ ।’

देउवा नेतृत्वको सरकार परमादेशी सरकार भएको उल्लेख गर्दै ओलीले भनेका छन्, ‘समय हिजोजस्तो छैन तर, सरकार भने हिजोजस्तै छ । सरकार फेरिएन । अब पहिलेको पाराले नेतारनेतृत्वहरू सफल हुन सक्दैनन् । अहिलेको सरकार पनि सफल होइन, हुँदैन ।’

प्रतिक्रिया
सम्बन्धित