
बझाङ, २९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट एमालेको सरकार ढले पनि जनताको मनबाट नढलेको बताएका छन् ।
सोमबार नेकपा एमाले बझाङले आयोजना गरेको विशाल आमसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले देशभर नेकपा एमालेको पक्षमा जनलहर उर्लिएकोले नेपाली जनता एमालेलाई जिताउन चुनावको प्रतीक्षामा गरि रहेको बताए ।
अध्यक्ष ओलीले अहिलेको सरकार ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तनखासमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको बताए ।
उनले भने, ‘बर्तमान सरकारले आफूलाई अजम्बरी बुटी पाएको सरकार सोचेको छ । एमालेले चिताएको सात दिनमा यो सरकारको जरा उखेलेर फालिदिन्छौँ । हाम्रो पार्टी चुनाव नबिथोलियोस् भनेर चुप बसेको छ ।’















प्रतिक्रिया