७ कार्तिक २०८३, शनिबार

घरायसी विवादमा श्रीमानको हत्या अभियोगमा महिला पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । उदयपुर, आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको अभियोगमा कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पोष्टराजले बसिरहेको अवस्थामा चिर्पटले प्रहार गर्दा नानुमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कैलाली, आफ्नै ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको अभियोगमा मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगरलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी बिबादको क्रममा हसियाले प्रहार गरी नारायणको हत्या पश्चात आफै ईलाका प्रहरी कार्यालय पण्डौनमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ