७ कार्तिक २०८३, शनिबार

योगेश भट्टराईको प्रश्नः आफ्नो नालायकी र कर्तुतको सजाय गभर्नरमाथि सिस्नु पानी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सरकारले आफ्नो नालायकीपन र कर्तुतको सजाय राष्ट्र बैंकका गभर्नरमाथि बजारेको बताएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा धारणा राख्दै प्रश्न गरेका छन्, ‘आफ्नो नालायकी र कर्तुतको सजाय राष्ट्र बैंकका गभर्नरमाथि सिस्नु पानी ? यो कहाँको वित्तिय सिद्धान्त हो, सरकार ?’

अर्थमन्त्री जनार्दन शर्माको ४० करोडको विषयमा राष्ट्र बैंकले छानबिन गर्नुपर्ने बताउन थालेपछि शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई नै निलम्बन गरेका हुन् ।सरकारले स्वतन्त्र निकायलाई विवादित बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।