७ कार्तिक २०८३, शनिबार

नेपालमा कलेज खोल्न नदिने अनि विद्यार्थी विदेश पठाएर कमाउने धन्दा चलिरहेको छः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलेज सञ्चालन गर्न नदिएर नेपालमा शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताएका छन् ।

शुक्रबार एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाउँदै कमाउने धन्दा चलेको टिप्पणी गरे ।

उनले भने, ‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पढाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खोल्नु पर्ने हो । तर त्यसलाई रोक्न लागेका छन् । विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन भनेका छन् । तर स्वीकृत दिएको छैन ।’

उनले डा. गोविन्द केसीको कार्यलाई कटाक्ष गर्दै एक जनाले सुत्दम भन्दा सरकार डरले थरथर हुने गरेको बताए । उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? सुत्दिम त ? नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । एक थरी विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् । इन्जिनियर र डाक्टर एजुकेसन चलाउन पाइँदैन भन्छन् ।’

त्यस्तै, अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले कोभिडको महामारीमा जनताको मनोबल बढाउने काम गरेको बताए । ‘कोरोनाको समयमा अहिलेको जस्तो सरकार भएको भए के हुन्थ्यो…. । त्यो बेलाको सरकारले जनताको मनोवल बढाउने काम गरौं, सवै प्रकारका भाइरसको अन्त्य गर्न सक्छौ भन्यौं । हामीसँग परीक्षण गर्ने मेसिन थिएन,’ उनले भने, ‘कोरोनाको बारेमा केही थाहा थिएन । जनताको मनोवल बढाउन मैले तातो पानी खाने, बेसार पानी खाने, फ्रिजको नखाने, अम्बाको पात उमालेर खाने, हाम्रो भान्साका खाने कुरा मात्रै खाने, हाम्रो भान्सामा औषधी हुन् भनेर जनताको मनोवल बढौं ।’