७ कार्तिक २०८३, शनिबार

बाँकेमा माधव नेपालको पार्टी करिब शून्य अवस्थामा, ९० प्रतिशत बढी एमालेमा प्रवेश (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २४ चैत । बाँकेमा हजारौँको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका करिब ९० प्रतिशत नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

यससँगै एकीकृत समाजवादी करिब शून्यको अवस्थामा सिमित हुन पुगेको छ ।

बिहीबार आयोजित एक समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट हजारौँको संख्यामा नेता कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

नेकपा समाजवादी पार्टीको खम्बाका रुपमा परिचित किशोर थापाको नेतृत्वमा सो पार्टीका १२ सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

सितापुर एल गाउँ खजुराबाट ५७ घर, डि गाउँ खजुराबाट दुर्गा खत्रीलगायत ७५ जना, बि गाउँ खजुराबाट युवा नेता बिकास काउचा सहित १२५ जना, स्कुल बिभाग प्रमुख किरण ढकाल, समाजवादी प्रेस सगठनका जिल्ला सचिव रामु वली सहित अधिकांश पदाधिकारी, बैजनाथका शसक्त युवा राजु रुचाल लगायत १२ सय जनाले एमाले रोजेका हुन् ।

कार्यक्रममा डुडुवाकी महिला नेतृ सरोजकुमारी यादव पनि एमाले प्रवेश गरिन् । पूर्व गाविस अध्यक्ष रहेकी उनी राजनीतिमा शक्तिशाली मानिनुहुन्छ भने एमालेमा प्रवेशले बिशेष अर्थ राख्छ ।

एमालेप्रतिको जनताको उत्साह देखेर अध्यक्ष ओलीले अन्य दलहरुको गठबन्धनलाई निर्वाचनले धुलो चटाउने बताए ।

ओलीले अहिलेको सरकार बिदेशी प्रतिक्रियावादीहरुको गठजोड भएको बताए ।

एकीकृतका धेरै नेताहरुलाई एमालेमा प्रवेश गराउदै बिहीबार अध्यक्ष केपी शर्मा ओलीले ‘एस’ भन्ने पार्टी बाँकेमा ‘फुस’ भएको बताए ।

यसअघि बाँकेमा समाजवादी पार्टी प्रवेश गर्नुभएको नेता प्रमोद धिताल एमाले फर्किसकेका छन् ।