
पर्सा, २४ चैत । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट करिब १ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन सहित हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड बस्ने २३ वर्षीया बिमला राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदैगरेकी उनलाई प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया