
काठमाडौँ, २४ चैत । आज नेपाली बजारमा सुनको मूल्य ५ सयले बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला ५ सयले बढेर ९९ हजार तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन बुधबार प्रतितोला ३ सय रुपैयाँले घटेर ९८ हजार ५०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ। बुधबार तेजावी सुनको मूल्य ९८ हजार तोकिएको थियो।















प्रतिक्रिया