
बागलुङ, २३ चैत । नेकपा माओवादी केन्द्र बाग्लुङ नगर कमिटीका अध्यक्ष इन्द्र केसी (पारस) नेकपा एमालेमा प्रवेश गरेका छन् ।
केसीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चरम अवसरवाद र विदेशीसामू लम्पसार पर्ने चरित्र भएको भन्दै चैत ९ गते पार्टी परित्याग गरेका थिए ।
प्रचण्डबाट मुलुक र जनताको हितमा काम नहुने निश्कर्षसहित केसीले माओवादी त्यागेर एमाले प्रवेश गरेका हुन् ।
उनलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताहरुले स्वागत गरेका छन् ।















प्रतिक्रिया