
सर्लाही, २३ चैत । सर्लाहीमा गोली चल्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
सदरमुकाम मलंगवा ९ मा गोली करिब ३५ वर्षीया इन्दल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक भारतको विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
मृतकको शव प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले गोली लागेको वा धारिलो हतियार प्रयोग भएको बारे यकिन हुन नसकेको जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएर संलग्नको खोजी गरिरहेको छ ।















प्रतिक्रिया