-निर्मल भट्टराई
देशमा स्थानीय निर्वाचनको माहौल दिनप्रतिदिन तातिरहेको छ । देशको सबभन्दा ठूलो राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो पक्षमा जनलहर ल्याउन टोलटोलमा पुगिरहेको छ भने त्यसको विपक्षमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बनाउने भगिरथ प्रयत्न भइरहेको छ । सत्ता गठबन्धनमा सहभागी दलहरू आ-आफनो च्याँखे दाउ थापेर सतरन्ज खेलिरहेका छन् ।
वर्तमान सरकार सत्तामा आएपछि समाजका हरेक क्षेत्रमा बेथिति पैदा भएको छ । देशको अर्थतन्त्र डामाडोल भएको छ । महँगी चरमचुलीमा पुगेको छ । श्रीलङ्कामा आएको आर्थिक सङ्कट नेपालमा आउन सक्ने आँकलन समेत हुन थालेको छ ।
ब्यापार घाटा आक्कासिएको छ । बन्दुक र युद्धका मात्र ज्ञान भएका अर्थशास्त्रमा शून्य ज्ञान भएका अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन सक्ने अवस्था छैन ।
देशको यो दुरावस्था ल्याउन आफूलाई अब्बल क्रान्तिकारी करार गर्दै आएका माओवादी सुप्रिमो प्रचण्डको प्रमुख हात छ । उनी सही विचारको निर्क्यौल गर्न नसक्नेमात्र होइन, व्यक्ति छनोटमा पनि उनी असक्षम सावित भएका छन् । प्रचण्डले अगाडि सारेका अग्नि सापकोटा, कृष्णबहादुर महरा र जनार्दन शर्माजस्ता व्यक्तिमा कारण आज देशमा समस्या आएको छ ।
त्यसभन्दा बढी प्रचण्ड र माधव मिलेर गत आम निर्वाचन सर्वनाक हारेर पाँचवर्ष थन्किएर बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाजस्ता सत्ता सञ्चालनमा पटक-पटक असफल भएका व्यक्तिलाई ओलीजस्ता योग्य शासकको विकल्पमा अघि सार्ने ‘कम्युनिष्ट क्रान्तिकारी’ र ‘अग्रगमनकारी’ कदम नै अहिले देशमा देखिएको तमाम समस्याको जड हो ।
तर क्षणिक रूपमा सत्ताबाट बाहिरिए पनि एमाले जनतामा अत्यधिक लोकपृय बनेको छ । अघिल्लो स्थानीय निर्वाचनको सङ्घारमा एमालेलाई प्रवेश निषेध गरेको मधेश प्रदेशले अहिले जताततै रातो कार्पेट विछ्याएर स्वागत गरिरहेको छ ।
जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रका केन्द्रियस्तरका नेताहरू, महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख नै एमालेमा प्रवेश गरिसकेको अवस्था छ ।
अहिले मदेशमा नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओली जहाँ-जहाँ जानुभयो, त्यहाँ मानव सागर उपस्थित हुने गरेको छ । देशभर ओलीको क्रेज बढेको छ । एमालेले लिएको जनताको बहुदलीय जनवादी विचार, सुदृढ र अनुशासित सङ्गठनको बल त अजेय छ नै ।
अर्कातिर देउवाको फेर समातेर जतिसुकै एमाले र के पी ओलीको विरोध गरे पनि प्रचण्डको लोकपृयताको पारो निरन्तर घटेको घट्यै छ । उनका लोकपृयताका सबै परिसूचकहरू ऋणात्मक छन् । नेप्सेमाझैं राताम्य छन् ।
प्रचण्डलाई कुनैबेला राजनीतिका ‘गडफादर’ भन्ने सयौं नेता-कार्यकर्ता एमालेमा लर्को लागेर प्रवेश गरिरहेका छन् । देशका प्रतिष्ठित कलाकार, उद्योगपति र विद्वानहरू एमालेको छातामुनि बसेर निःसर्त देशको सेवा गर्ने कसम धमाधम खाँदैछन् । एमालेले अघि सारेको प्रष्ट विचार, देश बनाउने ओलीको भिजन देखेर यो सबै भएको हो ।
प्रचण्डको सबभन्दा ठूलो समस्या के रहेछ भने उनी जनतालाई हाकाहाकी ढाँट्ने रहेछन् । जननेता मदन भण्डारीले नेपाली धरातलीय यथार्थमा जनताको बहुदलीय जनवादी विचारमात्र कम्युनिष्ट क्रान्तिकारीहरूका लागि एकमात्र उपयुक्त विचार हो भनिसकेपछि त्यसको विरूद्धमा ‘माओवाद’ र ‘जनयुद्ध’ शब्द बोकेर जनतालाई बन्दुक बोकाए ।
बन्दुक नै देशका सबै समस्याको एकमात्र अचूक औषधी हो भनेर ढाँटे । उनले बोकेको गलत विचारबाट देश बाहिर आउन लामो समय लाग्यो । देशले ठूलो मूल्य चुकाउनुपर्योच ।
यस्तै कारणले हुनसक्दछ, हेर्दाहेर्दै प्रचण्ड लिलिपुट भएका छन् । ‘रेणुका बा’ मा सीमित हुन थालेका छन् । जिन्दगीभर अरूलाई पुर्न खाल्डो खन्दै हिड्ने प्रचण्ड आफूले खनेको खाल्डोमा आफैं परेर छट्पटाइ रहेछन् ।
एउटा सच्चा लोकतन्त्रवादी नेताले मात्र जनतालाई आफूसरह ठान्दछ र समान व्यवहार गर्दछ । आफूसरह जनतालाई यस्ता सफेद झुट बोल्न सक्दैन । तर प्रचण्डजस्ता ओठे लोकतन्त्रवादीलाई जनताप्रतिको उत्तरदायित्व महसुस गर्ने कुरै भएन । जनता भेडा हुन्, यिनलाई जसरी पनि अल्मल्याउन सकिन्छ भन्ने ठान्दछन् । एमसीसीमा उनले गरेको पछिल्लो झुटको खेती सबैले देखेकै छन् ।

को माहौल दिनप्रतिदिन तातिरहेको छ । देशको सबभन्दा ठूलो राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो पक्षमा जनलहर ल्याउन टोलटोलमा पुगिरहेको छ भने त्यसको विपक्षमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बनाउने भगिरथ प्रयत्न भइरहेको छ । सत्ता गठबन्धनमा सहभागी दलहरू आ-आफनो च्याँखे दाउ थापेर सतरन्ज खेलिरहेका छन् ।
वर्तमान सरकार सत्तामा आएपछि समाजका हरेक क्षेत्रमा बेथिति पैदा भएको छ । देशको अर्थतन्त्र डामाडोल भएको छ । महँगी चरमचुलीमा पुगेको छ । श्रीलङ्कामा आएको आर्थिक सङ्कट नेपालमा आउन सक्ने आँकलन समेत हुन थालेको छ ।
ब्यापार घाटा आक्कासिएको छ । बन्दुक र युद्धका मात्र ज्ञान भएका अर्थशास्त्रमा शून्य ज्ञान भएका अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन सक्ने अवस्था छैन ।
देशको यो दुरावस्था ल्याउन आफूलाई अब्बल क्रान्तिकारी करार गर्दै आएका माओवादी सुप्रिमो प्रचण्डको प्रमुख हात छ । उनी सही विचारको निर्क्यौल गर्न नसक्नेमात्र होइन, व्यक्ति छनोटमा पनि उनी असक्षम सावित भएका छन् । प्रचण्डले अगाडि सारेका अग्नि सापकोटा, कृष्णबहादुर महरा र जनार्दन शर्माजस्ता व्यक्तिमा कारण आज देशमा समस्या आएको छ ।
त्यसभन्दा बढी प्रचण्ड र माधव मिलेर गत आम निर्वाचन सर्वनाक हारेर पाँचवर्ष थन्किएर बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाजस्ता सत्ता सञ्चालनमा पटक-पटक असफल भएका व्यक्तिलाई ओलीजस्ता योग्य शासकको विकल्पमा अघि सार्ने ‘कम्युनिष्ट क्रान्तिकारी’ र ‘अग्रगमनकारी’ कदम नै अहिले देशमा देखिएको तमाम समस्याको जड हो ।
तर क्षणिक रूपमा सत्ताबाट बाहिरिए पनि एमाले जनतामा अत्यधिक लोकपृय बनेको छ । अघिल्लो स्थानीय निर्वाचनको सङ्घारमा एमालेलाई प्रवेश निषेध गरेको मधेश प्रदेशले अहिले जताततै रातो कार्पेट विछ्याएर स्वागत गरिरहेको छ ।
जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रका केन्द्रियस्तरका नेताहरू, महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख नै एमालेमा प्रवेश गरिसकेको अवस्था छ ।
अहिले मदेशमा नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओली जहाँ-जहाँ जानुभयो, त्यहाँ मानव सागर उपस्थित हुने गरेको छ । देशभर ओलीको क्रेज बढेको छ । एमालेले लिएको जनताको बहुदलीय जनवादी विचार, सुदृढ र अनुशासित सङ्गठनको बल त अजेय छ नै ।
जननेता मदन भण्डारीले नेपाली धरातलीय यथार्थमा जनताको बहुदलीय जनवादी विचारमात्र कम्युनिष्ट क्रान्तिकारीहरूका लागि एकमात्र उपयुक्त विचार हो भनिसकेपछि त्यसको विरूद्धमा ‘माओवाद’ र ‘जनयुद्ध’ शब्द बोकेर जनतालाई बन्दुक बोकाए ।
अर्कातिर देउवाको फेर समातेर जतिसुकै एमाले र के पी ओलीको विरोध गरे पनि प्रचण्डको लोकपृयताको पारो निरन्तर घटेको घट्यै छ । उनका लोकपृयताका सबै परिसूचकहरू ऋणात्मक छन् । नेप्सेमाझैं राताम्य छन् ।
प्रचण्डलाई कुनैबेला राजनीतिका ‘गडफादर’ भन्ने सयौं नेता-कार्यकर्ता एमालेमा लर्को लागेर प्रवेश गरिरहेका छन् । देशका प्रतिष्ठित कलाकार, उद्योगपति र विद्वानहरू एमालेको छातामुनि बसेर निःसर्त देशको सेवा गर्ने कसम धमाधम खाँदैछन् । एमालेले अघि सारेको प्रष्ट विचार, देश बनाउने ओलीको भिजन देखेर यो सबै भएको हो ।
प्रचण्डको सबभन्दा ठूलो समस्या के रहेछ भने उनी जनतालाई हाकाहाकी ढाँट्ने रहेछन् । जननेता मदन भण्डारीले नेपाली धरातलीय यथार्थमा जनताको बहुदलीय जनवादी विचारमात्र कम्युनिष्ट क्रान्तिकारीहरूका लागि एकमात्र उपयुक्त विचार हो भनिसकेपछि त्यसको विरूद्धमा ‘माओवाद’ र ‘जनयुद्ध’ शब्द बोकेर जनतालाई बन्दुक बोकाए । बन्दुक नै देशका सबै समस्याको एकमात्र अचूक औषधी हो भनेर ढाँटे । उनले बोकेको गलत विचारबाट देश बाहिर आउन लामो समय लाग्यो । देशले ठूलो मूल्य चुकाउनुपर्योच ।

प्रतिक्रिया