३ कार्तिक २०८३, मंगलबार

१६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी जेठमा हुने, तयारी तीव्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । आगामी जेठ १९ देखि २३ गतेसम्म ‘नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ राजधानीमा आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो ।

महासंघले दिएको जानकारी अनुसार महासंघका उपाध्यक्ष शोभा गुरुङ्गको संयोजकत्वमा ‘प्रदर्शनी आयोजक समिति’ गठन गरी यसको तयारीको काम शुरु भइसकेको छ ।