७ कार्तिक २०८३, शनिबार

मधेशमा बढ्दो एमाले क्रेज, कांग्रेस, माओवादी र जसपाबाट निर्वाचित जनप्रतिनिधि एमालेमा (हेर्नुस् तस्वीर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २२ चैत । देशैभर नेकपा एमालेको क्रेज बढिरहँदा पर्सामा सयौँले एमाले रोजेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन नजिकिँदै गर्दा पर्साको दुईवटा स्थानीय तह र धनुषाको विदेह नगरपालिकाका उपप्रमुखलाई नेकपा एमालेमा स्वागत गरेका छन् ।

मंगलबार वीरगञ्जमा आयोजित बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रभु साहलगायतका नेता सहभागी थिए । एमाले प्रवेश गर्नेमा बहादुरमाई नगरपालिकाकी उपमेयर गायत्रीदेवी यादव र सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फूलमतिदेवी थरुनी छन् ।

त्यस्तै, धनुषाको विदेह नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर निलम मण्डल पनि एमाले प्रवेश गरेकी छन् ।