
काठमाडौँ, २२ चैत । परराष्ट्रमन्त्री डा. नारायण खड्का कूटनीतिक मर्यादा भुलेर विद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका छन् ।
भारतको अनुदान सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको भवनको शिलान्यासमा परराष्ट्रमन्त्री खड्का सहभागी भएका हुन् ।
मंगलबार एक कार्यक्रमबीच परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले शिलान्यास गरेका हुन् ।
यस्तो कार्यक्रममा अर्को मन्त्रीलाई लानुपर्ने तथा मन्त्री खड्काले आफ्नो ओहादाको ख्याल गर्नुपर्ने विश्लेषकहरुले बताएका छन् ।















प्रतिक्रिया