
काठमाडौँ, २२ चैत । तनहुँ जिल्ला कारागारमा थुनामा रहेका अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगिएको छ ।
नाबालिग बलात्कारमा पुर्पक्षका लागि थुनामा रहेका शाहलाई मंगलबार विहान नवलपुर जिल्ला अदालत लगिएको हो । नवलपुरमा जबर्जस्ती करणीको मुद्दाको बहसका लागि उनलाई त्यहाँ पठाइएको हो ।
नवलपुर जिल्ला अदालतले थुनछेक बहस प्रयोजनका लागि उपस्थित हुन पत्र पठाएपछि शाहलाई लगिएको बताइएको छ ।















प्रतिक्रिया