२९ आश्विन २०८३, बिहिबार

कोरिया जान आवेदन कम, किन घट्यो आकर्षण ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । रोजगार अनुमति प्रणाली -ईपीएस अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरिया भाषा परीक्षाका लागि ४२ हजार ८११ जनाको आवेदन परेको छ । आवेदन दिनेमध्ये उत्पादनतर्फ ३२ हजार ५२० रहेको छ भने कृषितर्फ १० हजार २९१ रहेको छ।

यो संख्या सोमबार साँझ ५ बजेसम्मको हो। आवेदन राति १२ बजेसम्म दिन पाइने भएकाले आवेदकको सङ्ख्या केही बढ्न सक्ने ईपीएस शाखाले जनाएको छ । ईपीएसमार्फत दक्षिण कोरिया जानका लागि भाषा परीक्षाका लागि आवेदन दिने आवेदक सन् २०२० को तुलनामा सन् २०२२ मा आधाले घटेको छ ।

ईपीएस शाखाका अनुसार सन् २०२० मा नौ हजार १३४ जनाका लागि भाषा परीक्षामा ९२ हजार बढीको आवेदन परेको थियो । सन् २०२२ मा नौ हजार ६५४ का लागि करिब ४३ हजारको मात्र आवेदन परेको हो ।

दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको छ । कोरोनाका कारण बीचबीचमा कोरिया जाने क्रम रोकिएकाले कोरियाको रोजगारीप्रति युवाको आकर्षण घटेको हुन सक्ने ईपीएस शाखाको अनुमान छ। यो खबर गोरखापत्रमा छ ।