२९ आश्विन २०८३, बिहिबार

बर्डफ्लु नियन्त्रणबाहिर, ‘पोल्ट्री लकडाउन’को माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । कुखुरा तथा पक्षीजन्य रोग ‘बर्डफ्लु’ निकै जटिल अवस्थामा पुगेको छ ।

मासुजन्य प्रयोजनका लागि सञ्चालन भएका अधिकांश व्यावसायिक फर्ममा बर्डफ्लु फैलिएको छ । रोग सङ्क्रमण ९ वर्षयताकै भयावह अवस्थामा पुगेको पशु सेवा विभागले जनाएको छ ।

‘बर्डफ्लु अस्वाभाविक चरणमा पुग्ने खतरा बढेको छ’, विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले द नेपालटपसँग भने, ‘धेरै ठाउँका फर्ममा बर्डफ्लु नियन्त्रणबाहिर गएको छ ।’ ९ वर्षअघि २ लाख हाराहारी कुखुरा र अन्य पक्षी नष्ट गरिएको थियो ।

माघयता हरेक दिन सङ्क्रमण दर बढिरहेकाले यस पटक ९ वर्षअघिको भन्दा बढी क्षति हुने विज्ञहरूको प्रक्षेपण छ । स्थिति भहावह हुन नदिन पोल्ट्री व्यवसायीले ‘पोल्ट्री लकडाउन’ गर्न कृषि तथा पुशपक्षी मन्त्रालय, कृषि विभाग र अन्य सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।

अहिले ब्रोइलर, हाँस, लोकल कुखुरा, टर्की, बट्टाई, लौकाट, कालिजलगायत मासुजन्य सबै प्रकृतिका पक्षीमा बर्डफ्लु पुष्टि भएपछि हरेक दिन विभाग र अन्य सरोकारवाला निकायका अधिकारी पक्षी नष्ट गर्ने अभियानमा लागेका छन् । काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, चितवन, मकवानपुरमा सङ्क्रमण फैलिएको, आजको द नेपालटप दैनिकमा समाचार प्रकाशित छ ।