
काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्दै विलासी वस्तुको आयातमा रोक लगाएको छ ।
बैंकले बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको हो ।
सोमबार भएको छलफलमा राष्ट्र बैंकले अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्ने रणनीति अघि सारेको हो ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अत्यावश्यक बाहेकका वस्तु आयात रोक्ने विषयमा छलफल भएको जानकारी दिए ।
‘अर्थतन्त्रमा केही संकट आउछ कि भन्ने देखियो, समस्या आयातकै कारण हो’ उनले भने, ‘जुन वस्तु आयात नगर्दा पनि हुन्छ, त्यस्ता वस्तु रोकौं भन्ने विषयमा कुरा भएको हो ।’















प्रतिक्रिया