१२ कार्तिक २०८३, बिहिबार

स्थानीय निर्वाचनबारे उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २१ चैत । निर्वाचन आयोगमा आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा उच्चस्तरीय सुरक्षा समितिको बैठक भएको छ ।

आयोगका सुरक्षा हेर्ने आयुक्त ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा आज भएको बैठकमा निर्वाचन सुरक्षाका विविध पक्षमा आयोग र सुरक्षा निकायका प्रमुखबीच विस्तृतरूपमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।

बैठकमा स्थानीय तह निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजनाबारे आयोगलाई जानकारी दिइएको थियो । निर्वाचन सुरक्षा निर्देशिका, २०७८ मा व्यवस्था भएअनुरूप भएको बैठकमा गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिवसमेत सहभागी हुनुहुन्थ्यो । –रासस