बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

नेपाल त्रिकोणात्मक टी–२० श्रृंखलाको विजेता

दैनिक नेपाल २०७८ चैत २१ गते १६:१३

काठमाडौँ, २१ चैत । नेपाल त्रिकोणात्मक टी–२० श्रृखंलाको विजेता बनेको छ ।

सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपाल विजयी बनेको हो ।

ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए ।

दीपेन्द्रको अविजित ५४ रन मदद्तमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११७ रनमा अलआउट भयो ।

सन्दिप लामिछानेको कप्तानीमा नेपालले पहिलो उपाधि जितेको हो ।

प्रतिक्रिया
सम्बन्धित