७ कार्तिक २०८३, शनिबार

एमाले अध्यक्ष ओलीको तस्वीर सगरमाथामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेका तस्वीर सगरमाथामा फहराइने भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल इलामकी सचिवालय सदस्य युवन्तिका तामाङले अध्यक्ष ओलीको तस्वीर विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने भएकी हुन् ।

इलामको सूर्योदय नगरपालिका वडा नं. १० निवासी तामाङले यही अप्रिल ५ देखि मे २९ सम्ममा विश्वको अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी हुन् ।

उनले अध्यक्ष ओलीको तस्विर फहराउने भएकी हुन् । अध्यक्ष ओलीले विश्वसामु नेपाल र नेपाली जनताको शीर उँचो बनाएकाले उनको तस्विर फहराउने तयारी गरिरहेको उनले बताइन् ।

संगठनमा रहेर काम गरिरहेका कारण राष्ट्रिय युवा संघको झण्डा समेत सगरमाथामा फहराउने तयारी उनले गरेकी छन् ।

उनलाई अध्यक्ष ओली, उमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र संघका केन्द्रीय संयोजक किरण पौडेलले झण्डा हस्तान्तरण गर्दै सफल आरोहणको निम्ति सफलताको शुभकामना दिएका छन् ।