
कञ्चनपुर, २१ चैत । भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा आज बसले आज ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ना ४ ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बजारबाट सामान खरिद गरी बुडालले सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको हो । ठक्कर दिने बसका चालक फरार रहेका छन् । प्रहरीले चालकको खोजी गरिरहेको छ ।














प्रतिक्रिया