
काठमाडौँ, २० चैत । अनमोल केसी र सुहाना थापाको अभिनय रहेको फिल्म ‘ए मेरो हजुर ४’को गीत ‘तिमी र म’ सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत फिल्मको गीत शनिबार सार्वजनिक भएको हो।
झरना थापाको निर्देशनमा बनेको ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदै छ। उक्त फिल्ममा अनमोल र सुहानाबाहेक सरोज खनाल रवि गिरी, सलोन बस्नेत, रक्षा गौतम, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ।
फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् भने फिल्म ‘सुहाना इन्टरटेनमेन्ट्स’को ब्यानरमा सुनिलकुमार थापाले निर्माण गरेका हुन्।














प्रतिक्रिया