
काठमाडौँ, १९ चैत । नेपाल–भारतबीचको सीमा विवादमा नेपालले राखेको प्रस्तावमा भारतले बेवास्ता गरेको छ ।
शुक्रबारदेखि भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा र नरेन्द्र मोदीबीच सीमा विवादबारे भएको भेटवार्तामा छलफलबाट समस्या समाधान गर्नुपर्नेमा सहमति भए पनि भारतले सीमा विवाद राजनीतिकरण भएको बताएको छ ।
प्रधानमन्त्री देउवाले सीमा विवाद समाधानका लागि आग्रह गरे पनि भारतले भने अनावश्यक राजनीतिकरण भएको भन्दै इग्नोर गर्न आग्रह गरेको थियो ।
सीमा विवादबारे भएको छलफलका बारेमा भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन श्रृङ्गलाले गम्भीर छलफल भएको बताए ।
सीमा विवादलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको र त्यसलाई दुवै देशले बेवास्ता गर्न आवश्यक रहेको विषयमा समेत दुई देशका प्रधानमन्त्री बीच सहमति भएको उनले बताए ।















प्रतिक्रिया