७ कार्तिक २०८३, शनिबार

पञ्चेश्वरलाई गति दिन सहमत भएको मोदीको भनाई, देउवाको प्रस्ताव– सीमा समस्या समाधान गरौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ। प्रधानमन्त्री शेरबहादुर देउवा र आफूबीच पञ्चेश्वर आयोजनालाई तिव्रताका साथ अघि बढाउने विषयमा सहमति भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले विद्युतका क्षेत्रमा पनि लगानी गर्ने, व्यापारमा नेपाल–भारतको गति बढाउने बताए। पौराणिक कालदेखि नै दुवै देशबीचको सम्बन्ध कायम रहेको बताएका मोदीले नेपालको विकासका निम्ति भारत सँधै तयार रहेको बताएका थिए।

यसैगरी प्रधानमन्त्री देउवाले नेपाल–भारत सीमा समस्या समाधानका निम्ति दुवै देशको उच्च स्तरीय संयन्त्र कायम गर्नका लागि प्रस्ताव गरेका छन्। देउवाले भारतबाट कोभिडका समयमा सबैभन्दा पहिला भ्याक्सिन उपलब्ध भएकोमा मोदीलाई धन्यवाद दिए।

प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुगेका थिए। उनी आइतबार बनारसको काशी पुगेपछि स्वदेश फिर्ता हुनेछन्।