
काठमाडौं, १९ माघ। नेपाल–भारतबीच चार वटा सम्झौतामा हस्तक्षर भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको वार्तापछि दुवै पक्षका प्रतिनिधि मण्डलले चार सम्झौतामा हस्ताक्षर गरेका हुन्।
अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो।
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले जनकपुर जयनगर रेल सेवाको पनि संयुक्त उद्घाटन गरेका छन्। उक्त रेल शनिबारदेखि सञ्चालनमा आएको छ।















प्रतिक्रिया