२९ आश्विन २०८३, बिहिबार

१५० जना नेपाली सेनाको घेराभित्र मतपत्र छपाइ शुरू, छपाइ र प्याकिङको जिम्मा जन शिक्षाकै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरेलगत्तै छपाइ शुरू भएको हो ।

केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी पुगेका प्रमुख आयुक्त थपलियाले तोकेको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । उनले सम्झौताअनुसार काम सम्पन्न गर्न निर्देशन दिँदै केन्द्रको क्षमता देखाउन आग्रह गरेका थिए ।

त्यस क्रममा केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले आयोग र सरकारको निर्देशनअनुसार काम गर्ने बताएका थिए । बिहीबार दिउँसो करीब २ बजे केन्द्र पुगेको आयोगका पदाधिकारीसहितको टोली करीब आधा घण्टासम्म केन्द्रको छापाखाना, बन्दोबस्तीको अवस्था, कागज, मसी र अन्य कच्चा पदार्थको अवस्थालगायतको बारेमा जानकारी लिएका थिए ।

केन्द्रले वैशाख २० गतेभित्र करिब २ करोड मतपत्र छपाइ र प्याकिङ गर्ने जनाएको छ । मतदान केन्द्रअनुसार फरकफरक प्याकिङ गरी प्लास्टिकको झोलामा राख्ने व्यवस्था गरेको छ । केन्द्रले छपाइ र प्याकिङको जिम्मा लिएको छ ।

आयोगले केन्द्रबाटै ढुवानी गर्ने छ । आयोगले उपत्यकाबाहेक अन्य जिल्लामा समयमै मतपत्र पुर्याउनेछ । यसअघि नियमित पत्रकार सम्मेलनका क्रममा आयोगले अति दुर्गम क्षेत्रमा हवाईमार्गबाट मतपत्र ढुवानी गर्ने जनाएको थियो, आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले समाचार लेखेका छन् ।