२९ आश्विन २०८३, बिहिबार

चिरिबाबुको चर्को प्रचार : उपलब्धि न्यून निर्वाचनको हतार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको पाँच वर्षको कार्यकाल प्रचारमुखी भएको नगरवासीको धारणा छ ।

कला, संस्कृति, सम्पदाले भरिएको ऐतिहासिक ललितपुर नगरीका मेयरले यहाँका कला, संस्कृति, सम्पदासँगै भौतिक पूर्वाधारको विकासमा उदाहरणीय काम गर्ने सबैले अपेक्षा गरेका थिए । तर, मेयर महर्जनको पाँच वर्ष कार्यकाल निराशाजनक नभई मात्र नभई अनेक विवादित र गैरजिम्मेवारपूर्ण व्यवहारले स्थानीय जनताले सम्मानको अनुभूत गर्न सकेन ।

मेयरमा निर्वाचित भएदेखि नै महर्जनले मोनोरेल, फ्लाइओभर बनाउने, दश दिनमै धुलो र धूवाँमुक्त शहर बनाउने भनी हरेक सभा, समारोहमा भाषण गरी लोकरिझ्याईंको प्रवृत्ति आएका थिए । लोकरिझ्याईं अर्थात् नारा/कुरा मिठा अपेक्षाभन्दा थोरै नतिजा आफ्नो कार्यकाल सफल रहेको देखाउन मेयर महर्जनले समग्रमा प्रस्तुत गर्दै आएका कामहरू बढी देखावटी र परिणाममुखी कम रहेको आम मतदाताको बताउँछन् ।

हरेक सार्वजनिक सभा, समारोहमा आफूले बोल्ने क्रममा आयोजक, विषय, सन्दर्भ वा प्रसँगलाई कुनै ख्याल नगरी सधैं आफ्नो कार्यकाल सफल रहेका भनि सधैं एउटै विषय दोहर्याउँदै आएका छन् । मेयर महर्जनले ललितपुरका विभिन्न सडकमा बत्ती जडान गर्ने कार्यलाई आफ्नो कार्यकालको उत्कृष्ट कार्यको रूपमा बताउँदै आएका छन् ।

सडक बत्ती पनि महानगरपालिका, विद्युत् प्राधिकरण र सडक विभागको सहकार्यबाट जडान गरिएको हो । तर, मेयर महर्जनले सडक बत्ती जडान आफ्नै योजना र पहलकदमीबाट सम्भव भएको भान हुने गरी प्रचार गर्दै आएको स्थानीयको भनाइ रहेको छ ।

‘बत्ती जडान गर्नु नगरको आवश्यकताको हिसाबले राम्रै छ । तर, जम्मै काम आफूले गरेको भनी मेयर महर्जनले पटक पटक भाषण गर्दै आउनुलाई ढाँटको खेल भन्नुपर्ला’ –महानगरपालिका–२५ का स्थानीयबासी दिलीप तिम्लिसिनाले भने । सडक बत्ती जडानको लागि करिब १७ करोड ३६ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । त्यसको ४० व्यहोर्ने छ । महानगरपालिकाले करिब ७ करोड ४१ लाख ६० हजार रुपियाँ र सडक विभागले ३ करोड रुपियाँ खर्च गरी सडक बत्ती जडान गरिएको हो ।

पहिलो चरणअन्तर्गत वागमती पुलबाट जावलाखेल– लगनखेल हुँदै सातदोबाटोसम्म, कोपोन्डोल, पाटनढोका, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म र पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६ सय ६९ वटा सडक बत्ती जडान गरिसकेको छ । दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका साविकका गाविसहरूमा जडान गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ ।

त्यसै गरी भीमसेन मन्दिर पुनःनिर्माणलाई मेयर महर्जनले आफ्नो सफल कार्यको रूपमा सम्भवतः सबैभन्दा बढी दाबी गर्दै आएका छन् । मेयर महर्जनले सरकारको एक पैसा खर्च नगरी महानगरपालिकाले आफ्नै पहलमा पुनःनिर्माण गरिएको भनी झन्डै साढे तीन वर्षदेखि सार्वजनिक सभा, समारोह र सञ्चारमाध्यममा एकोहोरो बोल्दै आएका छन् ।

मन्दिर पुनःनिर्माणको लागि एभरेस्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले १ करोड रुपियाँ, नेपाल इन्भेस्टमेन्ट बैंकले १ करोड रुपियाँ प्रदान गरेको थियो । महानगरपालिकाबाट १ करोड रुपियाँ, ललिपुर क्षेत्र नं ३ का सांसद पम्फा भुसाल र क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम र वागमती प्रदेश सभा सदस्य ज्ञानेन्द्र शाक्यको सांसद विकास कोषबाट आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।

बाँकी विभिन्न संघसंस्था, सर्वसाधारण नागरिकको सहयोगबाट रकम जुटाइएको भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । मन्दिर पुनःनिर्माणमा काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) को प्राविधिक सहयोग रहेको छ, आजको नेपाल समाचारपत्र दैनिकमा सुनील महर्जनले समाचार लेखेका छन् ।