२९ आश्विन २०८३, बिहिबार

सरकारमा सहभागी हुन लोसपा तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुन तयार भएको छ ।

आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन देउवाले आग्रह गर्दै आएका छन् ।

जसपा कार्यकारिणी समिति बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएको अवस्थामा सरकारमा सहभागी हुने जानकारी गराएका छन् ।

सरकारमा सहभागी हुन र चुनावी तालमेलका लागि गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरेको जानकारी गराउँदै ठाकुर र महतोले आफूहरूको माग सम्बोधन भए सोहीअनुसार अगाडि बढ्नुपर्ने हुन सक्ने बताए ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र ठाकुर, महतोबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो, आजको राजधानी दैनिकमा सुभाष साहले समाचार लेखेका छन् ।