२८ आश्विन २०८३, बुधबार

युवाहरूको सुझाव कदर नगर्ने राजनीति

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-भुवन केसी

हरेक मानिसमा समय र परिस्थितिअनुसार अनेकन चुनौतीहरुको सामना गर्दै आफ्नो छुट्टै अस्तित्व बनाउने इच्छा हुन्छ ।

हामी सबैले आफ्नो इच्छा पूरा गर्नेको लागि धेरै चुनौतीहरुको सामना गर्नुपर्छ । अर्थात कुनै पनि काममा सफलता पाउनका लागि अत्यधिक मेहनत गर्नुपर्छ ।

समयको गति संगै चल्न सकिएन भने अर्थात यथास्थितिमा रमाउने हो भने त्यो सधै पछि पर्दछ । समयलाई आत्मसाथ गर्न नसक्ने हो भने त्यो लोप भएर जान्छ अर्थात समाप्त हुदै जान्छ ।

समयको महत्व बुझ्ने र समयको गति सगै चल्नेहरुले समाज र राष्ट्रमा आफ्नो छुट्टै पहिचान र अस्तित्व बनाउने गर्दछन । तसर्थ समुदायमा बसेर मानव जीवनमा सृजनशिल बनाउन केही न केही काम हामी सबैले गर्नेपर्छ ।

हामी जे इलम गरेर जीवन निर्वाह गर्छौ त्यसलाई नै रोजगारी भनिन्छ । कतिपय युवाहरुले जिवन निर्वाह गर्नका लागि आफ्ना सपना सजाउन देश छोडेर बिदेशको भूमिमा सङघर्ष गरिरहेका छन । त्यसलाइ हामी वैदेशिक रोजगारको नामले सम्बोधन गर्छौ ।

जिवनमा हरेक नागरिकको आ–आफ्नो सपना हुन्छ, आफुले राम्रो काम गर्ने र समाजमा आफ्नो छुट्टै पहिचान बनाई आफू अनि परिवारका सबै सदस्यहरुलाई खुसी राख्ने, देखेका ति सपनाहरू पुरा गर्ने कसैको सपना पूरा हुन्छ त कसैको अधुरै पनि हुन्छ । त्यसैले हामी सबैले परिवर्तनको चाहाना राख्नुपर्छ । सधैं सत्य तथ्यको खोजी गर्नुपर्छ ।

सृजनशिलता हामी सबैको रुचिको बिषयबस्तु बन्नुपर्छ । हामी निरन्तर सृजनशिल कार्यहरूमा निरन्तर प्रयास र हरदम कोशिश गरिरहनुपर्छ र हामी युवाहरुको सोचाईमा सकारात्मक परिवर्तन हुनुपर्छ ।

करीब पाँच छ, बर्ष अगाडि देखि म आफ्नो सपना पुरा गर्नेको लागि शहरमा संघर्षरत जीवन निर्भाह गरेर बसेको छु , मेरो घर गाउँमै भएर होला गाउँघरमा भएका गतिविधिहरुलाई देख्छु र मनलाई थाम्न सक्दिन त्यसैले देखेका समस्याहरुलाई कहिले फेसबुकमा लेख्छु त कहिले जनप्रतिनिधि समक्ष राख्छु ।

हिजो आज कतिपय राम्रा काममा प्रहार हुन थालेको छ । राम्रा उद्देश्यमा प्रहार हुन थालेको छ । देश विकासका लागि देखेका सपनाहरुमा प्रहार हुन थालेको छ । हुनत म एउटा व्यक्ति हुँ । म जस्ता हरेक युवाले प्रगतिको कुरा सोच्छन । कसरी देशमा आफ्नो नाम राख्ने ।

कसरी आफ्नो पहिचान राख्ने भन्ने बारेमा सोच्छन । हिजो आज मेरो सोचाइ र उद्देश्यमा भने निरन्तर प्रहार भइरहेको छ । मैले गरेका काममा केहीले सकारात्मक प्रतिक्रिया जनाउँछन भने केहीले नकारात्मक प्रतिक्रिया दिन्छन् । केहीले विरोध गर्दछन् ।

करीब पाँच छ, बर्ष अगाडि देखि म आफ्नो सपना पुरा गर्नेको लागि शहरमा संघर्षरत जीवन निर्भाह गरेर बसेको छु , मेरो घर गाउँमै भएर होला गाउँघरमा भएका गतिविधिहरुलाई देख्छु र मनलाई थाम्न सक्दिन त्यसैले देखेका समस्याहरुलाई कहिले फेसबुकमा लेख्छु त कहिले जनप्रतिनिधि समक्ष राख्छु । कोहि कसैले चासो देखाउदैन र आफै समाधान गर्ने बाटो खोज्छु तर असम्भव देख्छु अनी फेरि मन मारेर बस्छु ।

कतै गाउँमा विकास भएको देख्छु । आफ्नो गाउँको विकासको गति हेर्छु । अनि मनमा अनेकन प्रश्नहरु उब्जिन्छ्न, अनि फेरि सोच्न थाल्छु हाम्रो गाउँबस्ती सबै क्षेत्रमा किन पछाडि ? हामी जनताहरु कमजोर भएर वा जनप्रतिनिधिले चासो नदेखाएर यो बुझ्न सकिएको छैन ।

कहिले राज्यबाट दमनमा पर्ने, कहिले प्रतिरोधमा उत्रनुपर्ने । कहिले भाग्दै हिड्नुपर्ने । युवाहरु यो आफ्नो कुरा राख्न सक्नुपर्ने हो । आफ्नो विचार व्यक्त गर्न सक्नुपर्नेै हो ।

तर खराव विचार बोकेका राजनीतिक दलको पछि पछि पुच्छर बनेर हिड्नेहरुलाई देख्दा छक्क पर्दछु । जो आफैमा स्पष्ट छैन उसले अरुलाई दोषी भन्दा अचम्ममा पर्दछु ।

झोले युवाहरुले गरेको बिरोधलाई देख्दा अचम्म मान्छु युवाहरुको सोचाई देखेर एकछिन अलमलमा पर्छु के युवाहरुको काम बिरोध मात्रै हो त ? आफै आफैलाई प्रश्न गर्छु एकपटक हामी सबैले सोचौं हामी युवा हौं ? युवाहरुले गर्ने काम के हो ? एकपटक आफुले आफैलाई नियालेर मुल्यांकन गरौं मेरो अनुरोध यत्ति मात्रै हो ।

युवाहरुले राजनीति गर्नुपर्छ । राजनीतिमा जानुअघि राजनीति के हो भने र बुझ्नुपर्छ । राजनीति भनेको अरुलाई होच्याउने विषय होइन । राजनीति भनेको अरुलाई हेप्ने विषय होइन । राजनीति भनेको अरुलाई राम्रो संस्कार सिकाउने कुरा पनि हो । अरुलाई होच्याएर बोल्दैमा तपाईं कहिले महान बन्न सकिदैन ।

वास्तबमा हाम्रो देशमा अनेकन समस्या छन् । समस्या समाधानका लागि राजनीतिक नेतृत्वले ठिक तरिकाले काम गर्न सकेको छैन । समृद्ध नेपाल र सुखि नेपालीको नारालाई साकार पार्नका लागि जुन सरकार बनेको थियो त्यो सरकारलाई ढाल्ने काम गरियो । हामीकहाँ विकासका समस्या छ ।

राजनीतिमा समस्या छ । विद्यालयमा समस्या छ । पत्रकारितामा समस्या छ । युवामा समस्या छ । कर्मचारीमा समस्या छ । सवैतिर समस्याका चाँङ छन् । अर्थात हामी समस्या नै समस्याको भुमरीमा छौ हामीले देश विकासका लागि गर्नुपर्ने काम कार्यहरू अनेकौं छन् ।

गाँउ ठाँउमा विकासले प्रयाप्त गति लिन सकेको छैन, जे जति बिकास निर्माण भए ति सबै विकास निर्माणका काममा दिगोपन सहितको छैन । हाम्रो सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रमा अझै ठुलो परिवर्तनको खाचो छ ।

युवाको काम विकास निर्माणको कार्यहरूमा एकता र सहकार्य गर्ने पनि हो । हामीजस्तै लाखौं युवा विदेशमा छन् । विदेश जानु बाध्यता जस्तो बनेको छ । कतिपय रहरमा पनि गएका होलान ।

पालिकामा जस्ता जनप्रतिनिधिहरु हाम्रो क्षेत्रमा आए तिनीहरुले काम गर्न सकेको भए आज सवैले क्या गजव भयो भन्नुपर्ने थियो । तर अवस्था यस्तो छैन । कुनै कामको विरोध र समर्थन त्यतिवेला गरिन्छ जुन कामले धेरैलाई फाइदा दिन्छ । धेरैलाई फाइदा दिने कामको समर्थन जो कसैले पनि गर्दछ ।

राजनीतिक दलले सिद्धान्तमा त क्रान्तिको कुरा गर्दछन् । कहिले कृषि क्रान्ति, कहिले औद्योगिक क्रान्तीका कुरा गर्दछन् । नारामा कृषि क्रान्तिको कुरा गरिन्छ तर दिन प्रतिदिन उत्पादन घटदै गइरहेको छ । उत्पादन वृद्धिका लागी नवीन प्रबिधिको प्रयोग गरि अत्याधुनिक कृषि युग निर्माण गर्नुछ ।

जलस्रोतको, जलसम्पदाको दोस्रो धनि देश भएर पनि प्राप्त सिचाइको ब्यवस्थापन हुन सकेको छैन । विभिन्न ठाउँगाउँहरुमा खानेपानीको अभाव छ । बिद्युत सुबिधा प्राप्त हुन सकेको छैन । जसलाई सदुपयोग गरेर बिजुली बत्ति उत्पादन र ठाउँगाउँमा खानेपानीको सुबिधा पुयाउनु छ ।

स्वास्थ्य, शिक्षा, यातायात जस्ता क्षेत्रमा असीमित समस्याहरु छन् । गाउँघर सम्म सडक बाटो निर्माण गर्नु छ । घरगाउँमा स्कुल बनाउनु छ । रोजगारको अवसर सिर्जना गर्नु छ ।

देश बनाउने सपना देखाएर हामी जस्ता गरिब निमुखाकै पिठ्युँ चढेर सत्तामा पुगेकाहरु ब्यक्तिगत स्वार्थ र अहम्ता लाई महत्व दिएर आपसमै खिचातानी गरेर देशको स्थिति यस्तो छ । देश भताभुङ भएको दृश्य हाम्रो सामु प्रशस्त देखिएको छ ।

राजनीतिको नाममा समाज सेवा र देशका नागरिकको हक हितको लागि होइन सत्तामा पुगेकाहरुलाई कमाई खाने भाडो बनेको छ । राजनीति एउटा पेसा जस्तो भएको छ । जवसम्म राजनीतिलाई सेवाकोरुपमा नलिएर व्यवसायका रुपमा अघि बढाइन्छ तवसम्म परिवर्तन सम्भव देखिदैन ।

हाम्रो जस्तो अल्पविकशित मुलुक भित्रका गाउँहरु सुरक्षीत छैनन् । कोरोना महामारी सगै बिभिन्न बिपदले बस्ने बाँस र खाने गासको अभाव छ, प्राकृतिक विपत्तिले त्रासै बढाएको छ सरकारलाई आफ्नो सत्ता जोगाउनमा र चुनावी माहुल बनाउन ठिक्छ ।

हाम्रो स्थानीय सरकारको कुरा गर्ने हो भने कतै उदाहरणिय काम भएका छन् । कतै नमुनायोग्य कुनै पनि काम हुन सकेका छैनन् । क्षमता नभएकालाई कामको जिम्मेवारी दिने कुराले नै विकास पछि परेको छ ।

पालिकामा जस्ता जनप्रतिनिधिहरु हाम्रो क्षेत्रमा आए तिनीहरुले काम गर्न सकेको भए आज सवैले क्या गजव भयो भन्नुपर्ने थियो । तर अवस्था यस्तो छैन । कुनै कामको विरोध र समर्थन त्यतिवेला गरिन्छ जुन कामले धेरैलाई फाइदा दिन्छ । धेरैलाई फाइदा दिने कामको समर्थन जो कसैले पनि गर्दछ ।

थोरैलाई फाइदा हुने काम गरियो भने त्यहाँ स्वार्थ हुन्छ । स्वार्थी समुहले स्वार्थपूर्तिका लागि मात्रै यस्ता काम गरिरहेका छन् । युवाहरुले राजनीति भित्र लुकेको रहस्य बुझ्नुपर्दछ । कसले हामीलाई उपयोग गरिरहेको छ । कसले हामीलाई ठिक तरिकाले प्रशिक्षित गर्न खोजिरहेको छ भन्ने कुरा बुझ्नुपर्छ ।