
काठमाडौं, १६ चैत । नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ ६७औं वर्षमा प्रवेश गरेको छ ।
सोही अवसरमा महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखाहरूले आज (चैत १६ गते) विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस मनाउँदै छन् । सोही अनुसार आज महासंघले पैभातफेरी, स्वास्थ्य शिविर सञ्चालन र ‘पत्रकार तथा सञ्चारमाध्यममा कोभिड–१९ को प्रभाव’ शीर्षकमा विषयगत छलफलको कार्यक्रम तय गरेको छ ।
नेपालमा श्रमजीवि पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि समेत महासंघको भूमिका अहम् रहँदै आएको छ ।
स्थापना दिवसका अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले एक सन्देश जारी गर्दै सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेका छन् । उनले पत्रकारको दायित्व र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबैमा अपिल समेत गरेका छन् ।
















प्रतिक्रिया