७ कार्तिक २०८३, शनिबार

अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश अनुमतिपत्र (पास) अभिमुखीकरण तालिम शुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको तर्फबाट विमानस्थलमा कार्यरत नेपाल प्रहरीका अधिकृत तथा जवानहरुको लागि निषेधित क्षेत्र प्रवेश अनुमतिपत्र (पास) सम्बन्धी अभिमुखीकरण तालिम शुरू भएको छ ।

गत शनिबारदेखि शुरू भएको तालिममा विमानस्थलमा कार्यरत ३८६ जना प्रहरी कर्मचारीहरु सहभागी छन् । सात दिनसम्म सञ्चालन हुने तालिमको मुख्य उद्देश्‍य विमानस्थल सुरक्षाको परिचय, आवश्यकता, चुनौती, सुरक्षा सम्बन्धी कानून, प्रवेश पासहरुको महत्व, विमानस्थलका आपतकालिन अवस्थाहरुको सम्बन्धमा जानकारी दिनु रहेको छ ।

उक्त प्रशिक्षणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निषेधित क्षेत्रहरुमा प्रवेश अनुमतिपत्र (पास) के–कस्तो हुने, के कस्तो स्थानहरुमा प्रवेश पाउन सक्ने, पासको चेकजाँच कसरी गर्ने, कुन–कुन निकायको के कस्तो जिम्मेवारी हुने, निषेधित क्षेत्रमा के कस्ता पास भएका सवारी साधनहरुले प्रवेश पाउने लगायतका विषयमा प्रहरी कर्मचारीहरुलाई जानकारी दिने कुरा कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए ।

प्रहरी कर्मचारीहरुलाई विमानस्थल जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत रहँदा यस्ता किसिमका प्रशिक्षणले पास वाहक कर्मचारी र यात्रुहरुलाई थप सहजता प्रदान गर्नुका साथै विमानस्थलको सुरक्षा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।