
तनहुँ, १६ चैत । व्यास नगरपालिका–५ स्थित शान्ति वर्ष बोर्डिङमा ५ दिने वृहत् योग विज्ञान शिविर शुरू भएको छ ।
पतन्जली योग समिति र युवा नेपाल समितिको समन्वय र व्यास नगरपालिका तनहुँको आयोजनामा पाँच दिने योग विज्ञान शिविर कार्यक्रम शुरू भएको हो । व्यास नगरपालिकाका प्रमुख बैकुष्ठनाथ न्यौपानेको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रमका मुख्य प्रशिक्षक पतञ्जली योगपीठ नेपालको केन्द्रीय सदस्य लवदेव गुरु रहेका छन् ।

योग विज्ञान शिविर कार्यक्रममा योग गुरु लवदेव गुरुले योगको प्रशिक्षण दिएका थिए । शरीरमा भएको विकार वस्तुलाई योगको माध्यामबाट सफा कसरी गर्न सकिन्छ र शरीर स्वस्थ राख्न के–के गर्न सकिन्छ भन्ने कुरा योगमा व्यावहारिक ज्ञान दिएका थिए ।
शिविर कार्यक्रममा योगको आसन, यसको प्रक्रिया र ध्यान सिकाइएको थियो । विभिन्न प्रणायम र चरणहरूले रोगलाई निर्मुल पार्न सकिने समेत गुरु लवदेवले बताए ।

पाँच दिनसम्म चल्ने वृहत् योग शिविर कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने लगायत टाढा–टाढाबाट समेत योग शिविरमा भाग लिन आएका थिए । दैनिक जीवनमा योगको ठूलो महत्व हुनाले यसको निरन्तर अभ्यासले जीवनमा सकारात्मक प्रभाव पार्ने कार्यक्रममा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा कपालभाती, अनुलोम विलोम लगायतकाबारे प्रशिक्षण दिइएको थियो । कार्यक्रमको सहजीकरण कनकटार टोल विकास संस्था, चापाघाट, सिर्दी लगायत व्यास नगरपालिका–५ भित्रको टोलहरूले गरेका थिए ।
















प्रतिक्रिया