७ कार्तिक २०८३, शनिबार

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन प्रस्तावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन प्रस्तावित भएका छन् ।

राष्ट्रपति बाइडेनले गरेको प्रस्ताव संसदीय सुनुवाइबाट अनुमोदन भएपछि थम्पसन नयाँ राजदूतका रूपमा नेपाल आउन लागेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत प्रस्ताव गरेको ह्वाइट हाउसले जनाएको छ । उनको नियुक्तिसँगै हालका अमेरिकी राजदूत र्‍याण्डी बेरी स्वदेश फर्किने छन् ।

प्रस्तावित राजदूत थम्पसन अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन् । अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई छ ।