
नेपालका काठमाडौँ लगायत सहरमा धुँवा प्रदुषण निकै बढेको छ । हावाको गुणस्तर अत्यन्तै खस्किँदा आकाशमा तुवाँलो लागेजस्तो देखिएको छ । त्यतिमात्र होइन बाहिर हिँड्दा आँखा पोल्नेलगायतका समस्याहरु समेत सुरु हुन थालेका छन् ।
विज्ञहरुले यो प्रदुषण अझै केही दिन बढ्ने बताएका छन् ।
यो प्रदुषणबाट कसरी बच्नेबारे डा. रविन्द्र पाण्डेले केही सुझावहरु दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सकेसम्म बाहिर ननिस्कन आग्रह गरेका छन् । त्यस्तै, बाहिर निस्कनै परे पनि उपयुक्त तवरले मास्क प्रयोग गर्न सुझाव दिएका छन् । त्यस्तै, सरकारले पनि प्रदुषणबाट हुने असर कम गर्न पाइला चाल्नुपर्ने डा. पाण्डेले बताएका छन् ।
यस्तो छ डा. पाण्डेका सुझावः
नेपालका काठमाडौँ लगायत सहरमा धुँवा प्रदुषण निकै बढेको छ । धुलोको प्रदुषण पनि उच्चस्तरमा छ । यो प्रदुषणको कारण सहरमा तुवाँलो लागे जस्तो देखिएको छ । आँखा, छाला तथा नाकमुखको एलर्जी, एलर्जिक ब्रोंकाइटिस, दम, फोक्सोको अन्य समस्या, मस्तिष्क तथा मुटुको समस्या, क्यान्सर तथा मनोरोगको प्रमुख कारकको रुपमा प्रदुषण अग्रस्थानमा छ ।
केहि दिन वा हप्ता यो प्रदुषण बढ्दै जाने देखिन्छ । सरकारले प्रदुषणबाट आम नागरिकलाई बचाउन तत्कालिक योजना केहि ल्याएको देखिंदैन । यो घातक प्रदुषण कम गराउनको लागि यातायातका साधन न्यून मात्रामा चलाउने, वरपरका जंगलको आगो तत्काल निभाउने, धुँवा उत्सर्ग गर्ने कारखाना केहि दिनको लागि बन्द गर्ने, हरेक वडाले टोलटोल बाटा तथा सडकमा धुलो नियन्त्रण गर्ने अभियान संचालन गर्ने लगायतका काम तुरुन्तै गर्नुपर्दछ । बिद्यालय केहि दिनको लागि बन्द गर्नु राम्रो हुन्छ ।
आम नागरिक सकभर घरभित्र बस्ने, घरबाहिर जाँदा सहि तरिकाले मास्क लगाउने, मर्निंग वाक तथा इभिनिंग वाक नगर्ने, आगो नबाल्ने लगायत गर्न सकिन्छ।















प्रतिक्रिया