७ कार्तिक २०८३, शनिबार

गृहमन्त्री खाँणले बैठकमा भने– कम्युनिस्ट मिलाउन विदेशी शक्ति लागेको सूचना छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत। नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले चुनावअघि नै कम्युनिस्ट गठबन्धन गर्न लागि विदेशी शक्ति सक्रिय रहेको सूचना पाएको बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण सकिनासाथ खाँणले कांग्रेस बैठकमा यसो भनेका हुन्।

त्यसो त कम्युनिस्ट शक्ति मिलाउन भइरहेको प्रयत्नबारे गृहमन्त्री खाँणको दाबीलाई बल पुग्नेगरी नेताहरूको विदेश भ्रमण जारी छन् भने कतिपय तयारी पनि छन्।

एमाले उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा रहेका छन् भने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ पनि चीन जाने तयारीमा छन्। उच्च स्रोतले भन्यो,‘गृहमन्त्रीले नै यसो भनेपछि त्यसमा देशका सूचना संयन्त्र, सुरक्षा सूचना संयन्त्रको रिपोर्ट हुनसक्छ, सम्भावना नभएको विषय होइन।’

एउटा अन्तरवार्तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायीत्वका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट जानुपरे पनि पछि नहट्ने बताएका थिए। उनी सत्ता गठबन्धन संघीय चुनावसम्म नै जानुपर्ने बताइरहेका बेला कांग्रेस ब्याक भए त्यो सीमासम्मको गठजोड हुनसक्ने प्रक्षेपण गरिएको छ।