
काठमाडौं, १५ चैत । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी थप एक जना गम्भीर घाइते भएका छन् ।
सबैला नगरपालिका–१२ बरकुर्वामा सोमबार बेलुका साढे ८ बजेतिर ज ६ प ६७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकलमा रहेका पाँच जनामध्ये चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
दुर्घटनामा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा सबैला–२ का १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका र यादवको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाइएको छ ।















प्रतिक्रिया