
काठमाडौं, १४ चैत । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलालीको धनगढी उप–महानगरपालिका–७ मोतीचोकमा १३४औं शाखा कार्यालय स्थापना गरेको छ ।
उक्त शाखामार्फत हिजो आइतबारदेखि कारोबार समेत शुभारम्भ गरेको बैंकले जनाएको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।
कैंकले १३३ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ५ वटा शाखारहित बैंकिङ सेवातथा ७७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया