७ कार्तिक २०८३, शनिबार

सानिमा बैंकको र्‍याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौँ ठमेलबीच सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । सानिमा बैंकले र्‍याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौँ ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ ।

ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्‍याडिसन होटलमा १०% छुट, द एभरेष्ट होटलमा १५% छुट, होटल अकामामा २०% छुट र अलफ्ट काठमाडौं ठमेलमा १५% छुट पाउनेछन् । यी होटलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुनेछन् ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-application बाट आवेदन दिन सकिन्छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथाक्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ ।