७ कार्तिक २०८३, शनिबार

विआरआई परियोजना अघि बढाउन चीनलाई एमालेको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । नेकपा (एमाले) ले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका परियोजनाहरुलाई अघि बढाउन चीन समक्ष आग्रह गरेको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीआरआई अन्तर्गतका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेका हुन् ।

आइतबार अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गरेका विदेशमन्त्री यीलाई कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिन एमालेले आग्रह गरेको विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन् ।

त्यस्तै, एमालेले कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति धन्यवाद दिएका छन् ।

एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि आग्रह गरेको थियो ।

एमालेले गरेको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रुपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।

भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताको सहभागिता थियो ।

चिनियाँ विदेशमन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शिष्टाचार भेट गर्नुभएको थियो । शनिबार साँझ वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । सोही क्रममा विभिन्न नौ बुँदे समझदारी गरिएको थियो ।