
फुलजोर, १३ चैत । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खसेको छ । बस खोलाको पुलबाट बगरमा खसेको हो ।
वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रु बस आइतबार बिहान सवा ११ बजे पुलबाट तल खसेको हो ।बस खस्दा ४ जनाको मृत्यु भएको छ भने ३ दर्जन बढी घाइते भएका छन् ।
तत्काल घाइतेको उद्धार गरि उपचार गराउनु पर्ने भएकाले मृतक र घाइतेको यकिन विवरण केही पछि मात्र आउने प्रहरीले जनाएको छ । बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताइए पनि अनुसन्धान भइरहेको प्रहरीले जनायो ।














प्रतिक्रिया