१३ कार्तिक २०८३, शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । काठमाडौँको बल्खुमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ ।

बल्खु–सातदोबाटो खण्डमा आज बिहान करिब २ बजे बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धादिङ घर भएका ३१ वर्षीय मोटरसाइकल चालक नवीन न्यौपानेको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । न्यौपाने सातदोबाटो प्रहरी वृत्तमा कार्यरत थिए । सो दुर्घटनामा अर्का प्रहरी जवान तनहुँका सुमन सिंह घाइते छन् ।