
काठमाडौं, १३ चैत । नेपाल भ्रमणमा रहेको चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण टोली आज स्वदेश (चीन) फर्किदै छ ।
त्यसअघि उनले नेपालमा प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । प्राप्त जानकारी अनुसार उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहान ११ः१० बजे होटेल मेरियटमा भेटवार्ता गर्ने छन् ।
यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विदेशमन्त्री यीसँग भेटवार्ता गर्ने छन् । उनीहरूबीच भेटवार्ता बिहान ११ः४५ बजे निर्धारण गरिएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग विदेशमन्त्री यीको भेट भइसकेको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरी विदेशमन्त्री यीको भ्रमण टोली स्वदेश फर्कने कार्यक्रम छ ।















प्रतिक्रिया