
काठमाडौं, १३ चैत । नेकपा (एमाले) स्थायी कमिटीको पहिलो बैठक आज बस्दै छ ।
बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने जनाइएको छ । हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना निर्माणमा बैठक केन्द्रित हुने एमालेले जनाएको छ ।
एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् । चार जना पदेन सदस्यसमेत छन् ।















प्रतिक्रिया